• २०७७ असार २९ सोमबार

मालपोत अधिकृतको सम्पत्ति १० करोड अवैध, साली र जेठानको नाममा सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार अनाधिकृत रुपमा आर्जन गरेको रकम मालपोत अधिकृत ढकालले साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्टे«लिया बस्ने जेठान नाताका नवराज अर्यालका नाममा समेत जम्मा गरेको पाइएको छ । 

अख्तियारले ढकालविरुद्ध १० करोड २७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । १४ करोड ५३ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेका ढकालको चार करोड २६ लाख रुपैयाँमात्रै वैध देखिएको अख्तियारको दाबी छ । उनले २० वर्षे निजामती सेवा अवधिमा करिब ५० लाख रुपैयाँमात्रै तलब र भत्ताबापत बुझेको भेटिएको छ भने श्रीमतीको पारिश्रमिक भनी ७७ हजार रुपैयाँमात्रै आय देखाउन सकेका छन् । मालपोत अधिकृत ढकाल २०५४ माघ १४ गते अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा प्रवेश गरेका थिए । 

विसं २०५५ असोज १६ मा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी नासु र हाल शाखा अधिकृतका रुपमा कार्यरत छन् । उनले लगनखेल, ललितपुरमा कार्यरत रहेको पाइएको छ । आयोगले मालपोत अधिकृत ढकाल, उनको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालविरुद्ध विशेष अदालतमा मद्दा दायर गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार