• २०७७ असार २९ सोमबार

चौरजहारी घटनामा बेपत्ता अर्को युवाको पनि शव भेटियो

रुकुमको चौरजहारी घटनामा परी बेपत्ता अर्को युवकको पनि शव फेला परेको छ । योसँगै घटनामा परी बेपत्ता ६ जनाको मृत्यु भएको छ ।

भेरी नगरपालिका–११ बस्ने १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार स्थानीयहरुले साँझ करीब ६ बजे भेरी नगरपालिका १३ स्थित भेरी नदीमा भेटाएको प्रहरीले जनाएको हो । 

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विककी पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी प्रेमिका भगाउन चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । स्थानीयले लखेटेपछि ज्यान जोगाउन ६ जनाले भेरी नदीमा हामफालेका थिए । 

यसअघि नवराज विकसहित चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनारको शव भेरी नदीमा भेटिइ सकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार