• २०७७ असार २९ सोमबार

काठमाण्डौको टोखामा थपिए दुई नयाँ संक्रमित

काठमाण्डौको टोखामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले काठमाण्डौमा थपिएका तीन नयाँ संक्रमितमध्ये दुईजना टोखा नगरपालिकाभित्रको भएको पुुष्टि गरेको छ । संक्रमित दुवैजना २७ वर्षिय युवती छन । उनिहरुको अवस्था अहिले सामान्य छ । आज थपिएका देशभरका दुई सय एक जना मध्ये काठमाण्डौमा तीनजनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये एकजना काठमाण्डौ मेडिकल कलेजमा कार्यरत महिला चिकित्सक हुन भने अन्य टोखा निवासी महिला हुन । उनिहरु तीनैजनाको उमेर २७ वर्षको रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार