• २०७७ असार १८ बिहीबार

टेबल टेनिस मुख्य प्रशिक्षकमा ढुंगेल

राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ढुंगेल नेपाली टोलीका प्रशिक्षकमध्येका एक हुन् । १३औं सागमा नेपालले १ रजत ४ कांस्य पदक जितेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार