• २०७७ असार १८ बिहीबार

बिहारमा चट्याङ लागेर ८३ जनाकाे मृत्यु

भारतको बिहारमा विभिन्न जिल्लामा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु भएको छ । बिहार सरकारका अनुसार विभिन्न २३ जिल्लामा परेको चट्याङले सँझ छ बजेसम्म ८३ जनाको मृत्यु भएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चट्याङले सबैभन्दाबढी गोपालगंजमा १३ जनाको मृत्यु भएको छ भने मधुवनी र नवाडामा ८/८ जनाको मृत्यु भएको छ । साथै सिवन र भगलपुरमा ६/६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले इन्डिया टुडेले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार