• २०७७ असार १८ बिहीबार

लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि, चेल्सीसँग सिटी पराजित

लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी बिहीबार रातीको खेलमा चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडी नै उपाधि जितेको हो ।

च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । लिभरपुलको यो १९ औँ लिग उपाधि हो भने सन् १९८९–९० यताको पहिलो । सहरका मेयरले सबैलाई घरभित्र बस्न आग्रह गरे पनि लिभरपुलका हजारौँ समर्थक एनफिल्डमा खुसियाली मनाउन जम्मा भएका थिए ।

बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित सिटी चेल्सीसँग स्तब्ध बन्यो । पहिलो हाफमा क्रिस्चियन पुलिसिचले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको शुरुवातमा नै केभिन डि ब्रुयनाले खेल बराबरी गरे ।

खेलको ७७ औँ मिनेटमा ह्यान्डबल गरेपछि फर्नान्डिन्होले रातो कार्ड पाए । ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई विलायनले गोलमा परिणत गर्दै चेल्सीको जीत सुनिश्चित गरे । 

यस नतिजासँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ । चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ अंकमा झार्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार