• २०७७ असार १८ बिहीबार

उपत्यका बाहिर जाने पास लिनको लागी नयाँ नियम, अब यसरी लिन सकिन्छ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक भएको छ । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको नयाँ ढाँचाअनुसार निवेदन दिनुपर्नेछ । 

सार्वजनिक ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नुपर्नेछ । साथै जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ ।

निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने छ । निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ ।

यस्तो छ सवारी पासको लागि आवेदनको नयाँ ढाँचा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार