• २०७७ असार २९ सोमबार

राष्ट्रपतिलाई पदबाट हटाउन माग गर्दै जनप्रदर्शन

ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा जनप्रदर्शन भएको छ । साओ पाउलो सहित देशका केही शहरहरुमा भएको विरोध प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुले राष्ट्रपतिलाई पदबाट हटाउन माग गर्दै नाराबाजी गरेका छन् ।

सामान्य मानिसहरु सहित अल्पसंख्यक र पछाडी परेका समूहका नागरिकहरुलाई राष्ट्रपति बोल्सोनारोले न्याय गर्न नसकेको भन्दै प्रदर्शन भएको हो ।

विपक्षी दलहरुको समेत समर्थनमा विगत केहि साता अघिबाट ब्राजिलमा राष्ट्रपति विरुद्ध प्रदर्शन भइरहेको छ । राष्ट्रपति अधिनायकवादी हुँदै गएको र कोरोनाभाइरसले निम्त्याएको संकटलाई निकास दिन नसक्दा धेरैले ज्यान गुमाउनुपरेको भन्दै प्रदर्शनकारीहरुले राष्ट्रपतिले पद छोड्नुपर्ने अडान राखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार