• २०७७ असार १८ बिहीबार

कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा

कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै मिति आइतबारदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फतअनलाईन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिककर्जा लागिआवेदन दिन सक्ने बैंकले जनाएको छ ।

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले देशभरका १२३ वटा शाखा तथा ६४ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार