• २०७७ असार १८ बिहीबार

सुस्मिताको हत्या परिवारबाट नै भएकाे खुलासा, यसरी भएको रहेछ हत्या

हेटौँडा– ४ स्थित कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार थापाको हत्यामा संलग्न उनकै परिवारका चार जनालाई सार्वजनिक गरेको हो ।

असारमा २ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको हत्यामा ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्द सीता थापा र जेठी नन्द दुर्गा थापा कार्कीको संलग्नता देखिएको प्रहरीको दाबी छ । जिप्रका मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार सुस्मिताको हत्या आर्थिक प्रलोभनमा परेर परिवारकै सदस्यबाट भएको थियो ।

२३ असोज २०७६ मा कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो । एसपी राठौरका अनुसार सुस्मिताका पति रुपेन्द्रको मृत्युपछि उनले पाउने रकमबारे परिवारभित्र विवाद भइरहेको अनुसन्धानबाट खुलेको छ ।

यस्तो छ एसपी राठौरले बताएको घटना विवरण :

गत असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतकको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । ततपश्चात मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए । सुस्मीता महिनावरी भएको कारण भान्छाकोठाको भुईमा बसेर खाना खाँदै थिईन्, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गर्छन् ।

त्यसपछि सुस्मीता भुईमा लड्छिन र सोहि मौकामा नन्द सिताले नजिकै रहेको लोहोरो प्रहार गरि उनलाई थप घाईते बनाउछिन् । सुस्मिताले बचाउ, बचाउ भन्ने स्वर निकालेपछि सासु तुलासापनि भान्छाकोठामा आउँछिन, ततपश्चात सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाउछन र पुन प्रकाश र सिताले घाइते सुस्मितालाई लौरो र लोहोरोले प्रहार गरि हत्या गर्छन् ।

सुस्मिताको मृत्युपछि प्रकाश र सिता मिलेर उक्त कोठमा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गर्छन् । जिउमा लागेको रगत पखाल्दै नुहाएर बुबाछोरी सुत्छन् । भोलीपल्ट आफैले मेरो बुहारीले आत्महत्या गरिन भन्दै गाउँलेलाई पनि बोलाउछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार