• २०७७ असार १८ बिहीबार

अब काठमाडौँ उपत्यका भित्रिनका लागि वडा कार्यालय र प्रहरीको सिफारिस चाहिने

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

सीसीएमसीको सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्ने गरी स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएर होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धता भए मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए । त्यस्तै हवाई तथा स्थल मार्गबाट आउने सबैमा सो निर्णय लागू हुने उनले बताए ।

सीसीएमसीले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिएका छन् ।

सीसीएमसीले विमानस्थलका कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरू प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरूको भिसा सहजीकरणको लागि निर्णय गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने पनि सचिव गुरागाईले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार