• २०७७ असार १८ बिहीबार

लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारको निर्णय

सरकारले लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आंशिकरूपमा खुलाइएको  लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने सरकारले निर्णय गरेको छ ।त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार