• २०७७ असार १८ बिहीबार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार नजिक

गण्डकी प्रदेशमा मंगलबार बिहानै थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ९ सय ६६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ४ जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु कास्कीका ८ जना, तनहुँका ५ जना, लम्जुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार