• २०७७ असार १८ बिहीबार

सलह किरा मार्नेलाई किलोको तीन सय दिने घोषणा

स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याउनेलाई प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेपछि गाउँपालिकाले प्रति 
किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको हो । 

गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् ।  जिल्लामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । 

भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो ।सलह किरा नेपालमा शनिबारबाट देखिएको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार