• २०७७ श्रावण २६ सोमबार

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, ५ घाइते

धान रोपाइँ गरिरहेको बेला चट्याङ लागेर बारामा आज बिहान चारजना महिलाको मृत्यु भएको छ।   बिहीबार बिहान पानीसँगै परेको चट्याङले फेटा गाउँपालिकाका दुईजना र कलैया उपमहानगरपालिकाका दुईजना गरी चारजना महिलाको मृत्यु भएको  हो  ।

खेतमा धान रोपीरहेका बाराको फेटा गाउँपालिका १ त्रिवेनीका ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवी, कलैया उपमहानगरपालिकास्थित शितलपुरकी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको चट्याङ लागेर मृत्यु भएको हो।

बाराका डीएसपी गौतम मिश्रका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।यस्तै मृतक महिलाहरुसँगै खेतमा गएका पाँच जना पुरुष घाइते भएका छन् । घाइतेको नाम अहिले सम्म खुल्न सकेको छैन। उनीहरुलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार