• २०७७ श्रावण २६ सोमबार

बार्सिलोनासँग फराकिलो अग्रता बनाउने मड्रिडलाई अवसर

स्पेनिस ला लिगामा उपाधि होड रोचक बन्दै गएको छ । उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एकअर्कालाई पछाडि पार्दै आएका थिए ।

तर, लगातार दुई खेलमा बार्सिलोना बराबरीमै रोकिए पछि मड्रिडलाई अग्रता फराकिलो बनाउने अवसर मिलेको छ । बार्सिलोनाले एटलेटिको मड्रिड केल्टा भिगोसँग बराबरी खेल्दै अंक बाँडको छ । दुवै टीमसँग बार्सिलोनाले दुई–दुई गोलको बराबरी खेलेको थियो ।

मड्रिडले भने लगातार पाँच खेल यता जित निकाल्दै आएको छ । एइबर, भ्यालेन्सिया, रियल सोसिडाड, माल्लोर्का र स्यान्योल विरुद्ध मड्रिडले जित निकालेको थियो ।

केही अंकले पछाडि परेको मड्रिडले लगातार जित निकाल्दै बार्सिलोना विरुद्ध एक खेल अगाडि नै एक अंकको अग्रता बनाएको छ । गोल अन्तर पनि समान गरिसकेकाले मड्रिडलाई उपाधि होडमा अग्रता फराकिलो बनाउने अवसर छ ।

आज राति हुने गेटाफे विरुद्धको खेलमा मड्रिडले जित निकाले बार्सिलोनासँग चार अंकको प्रष्ट अग्रता निकाल्नेछ । यो अग्रता उपाधिका लागि महत्वपूर्ण हुनेछ । यो खेल पछाडि मड्रिडसँग पाँच खेल बाँकी रहनेछ भने बार्सिलोनासँग पनि पाँचै खेल बाँकी रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार