प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह १२ बजेका लागि बैठक बोलाएका हुन् ।
पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् ।
उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए । आजै बालुवाटार स्थायी कमिटीको बैठक पनि बस्दैछ।
प्रतिकृया दिनुहोस