• २०७७ श्रावण २६ सोमबार

खेल्ने क्रममा छतबाट खसेर ४ वर्षीय बालकको मृत्यु

रुपन्देहीमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ शिवलहवा निवासी ओमप्रकाश यादवका चार वर्षीय छोरा अजय यादवको छतमा खेल्ने क्रममा लडेर मृत्यु भएको हो ।

अजयको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार