• २०७७ श्रावण २६ सोमबार

घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा सात सय रुपैयाँले सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९१ हजार रहेको छ।

बिहिबार प्रतितोला ९१ हजार ७ सय रहेको थियो। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय ६५ मा झरेको छ।अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भएको उतार चढावले गर्दा नेपाली बजारमा पनि असर देखिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कायम छ। बिहीबार चाँदी ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार