• २०७५ चैत ८ शुक्रबार

लभ स्टेशनको ट्रेलरमा प्रदीप जसिताको यस्तो प्रेम वियोग

चलचित्र लभ स्टेशनको ट्रेलर मंगलबार काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ । चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

ट्रेलरमा अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन् । जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाईएको छ । तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ, त्यो बुझ्न भने फिल्मनै हेर्नु पर्नेछ ।

कुनै पात्र लामो समयदेखि हराएको र प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको पनि ट्रेलरमा देखाईएको छ । साहिल खानले काटेको ट्रेलरलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । 

अभिनेता प्रदीप खड्काले अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरैकुरा सिक्न पाएकोे बताएका छन् । आफु र जसिताले पनि यसपटक लभ स्टेशनमा त्यतिकै राम्रो काम गरेको यी अभिनेताले जिकिर गरेका छन् ।

यस पटक चलचित्र लभ स्टेशनमा आफैंले स्वराँकन गरेकी जसिताले पनि चलचित्र लभ स्टेशनसम्म आईपुग्दा आफ्नो काम अझ परिपक्क भएको प्रतिक्रिया पाएको बताएकी छिन् । आफु यो फिल्मबाट थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरु अभिनेताहरुसँग समेत काम गर्न इच्छुक रहेको जसिताले बताएकी छिन् ।

यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो  टिम पाएका कारण लभ स्टेशनमा आफुले खुलेर काम गर्न पाएको अुनभव सो कार्यक्रममा सुनाएका थिए । 
लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफुहरुले समकालिन पुस्ताका लागि फिल्म तयार गरेको बताए । 

वरिष्ठ संगीतकार शम्भुजीत बाँसकोटाले बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेवलको चलचित्र लभ स्टेशन बनेको बताए । उनले यो फिल्म हिट हुने सिमेत दाबी गरे ।

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार