• २०७७ श्रावण २६ सोमबार

मंगलबार उपत्यकाका यी स्थानमा भेटिए कोरोना संक्रमित

उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । 

काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, बसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । 

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले जानकारी दिए । काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो । 

काठमाडौमा पहिलोपटक माघ १० र दोस्रो चैत ४ मा नेपाल असंक्रमण पुष्टि भएको थियो । तर, बिचमा भारतबाट आउँनेहरुका कारण उपत्यकाबाहिर संक्रमणको चाप बढेपछि बाहिरबाट उपत्यकामा भित्रिनेको संख्या थपिएको थियो ।

यो सँगै उपत्यकामा समुदायमै संक्रमण फैलिएको आशंका समेत थप अनुसन्धान भइरहेको छ । पछिल्ला दिनमा बढेको संक्रमितको संख्याले विज्ञहरुले अबको हटस्पट उपत्यका बन्नसक्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार