• २०७७ श्रावण २० मंगलबार

अमिताभसँगै छोरा अभिषेक बच्चन पनि कोरोना संक्रमित

बलिउड सुपरस्टार अमिताभ बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि कोरोना संक्रमित भएका छन् ।

शनिबार बेलुकी सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अमिताभलाई कोरोना पुष्टि भएपछि उनको परिवारमा पनि कोरोना संक्रमण फैलिएको आशंकामा छोरा अभिषेकको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो । जहाँ अभिषेकको कोरोना परीक्षण रिर्पोट पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै अभिषेकले पनि ट्वीट मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका छन् । बलिउड महानायक अमिताभले पनि ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनी पनि मुम्बईको ननावती अस्पतालमा भर्ना भएका छन् । संक्रमणको आशंकामा जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि परीक्षण भएको छ । उनीहरुको रिपोर्ट भने आएको छैन । जया र ऐश्वर्याको रिपोर्ट आइतबार आउने महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले समाचार संस्था एएनआईलाई जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार