• २०७७ श्रावण २० मंगलबार

ऐश्वर्या र उनकी छोरी आराध्यामा पनि कोरोना संक्रमण पोजेटिभ

बलिउड अभिनेत्री ऐश्वया राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक गरिएको परिक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या बच्चन र उनकी सासु जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर दोस्रो चरणको कोरोना परीक्षणमा भने ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो ।

जया बच्चनको भने दोस्रो चरणको टेस्टमा पनि कोरोना नेगेटिभ नै देखिएको छ । योसँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ । यसअघि बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएर नानावती अस्पतालमा भर्ना गरिएको छ।

होम क्वारेन्टाइनमा रहेका ऐश्वर्या र आराध्यालाई पनि सोही अस्पताल लगिएको छ । अब जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार