• २०७७ श्रावण २६ सोमबार

तनहुँमा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

पांच जना अझै बेपत्ता

तनहुँमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ऋषिङ गाउँपालिका–८ का अनबहादुर थापाको घर पहिरोले पुरिँदा छोरा, बुहारी र नातिनी गरी पाँच जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  उता म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै, व्यास–९ माझकोटको मानबहादुर घर्तीको घर भत्किँदा ७० वर्षीया आमाको  पहिरोमा पुरिएर मृत्यु भएको तिमिल्सिनाले बताए  । त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा एकै परिवारका पाँच जना छन् । ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार