• २०७७ श्रावण २० मंगलबार

नीजि प्रयोगशालालाई पनि कोरोना परीक्षणको अनुमति

उपत्यकाका ४ सहित ६ वटाले पाए अनुमति

सरकारले तोकिएको मापदण्डभित्र रहेर कोरोना भाइरसको रियल टाईम पीसीआर परीक्षण गर्न नीजि क्षेत्रका ६ वटा प्रयोगशालालाई अनुमति दिएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका ४, बुटवल र नेपालगञ्जका एक एक गरी ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड (१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका ती प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो ।  सरकारले आहन गरेकामा २० वटा नीजि प्रयोगशालाले परीक्षणका लागि आशयपत्र पेश गरेका थिए । सरकारले स्वेच्छिक रुपमा कोभिड संक्रमण गर्न चाहे ५ हजार ५ सय रुपैयाँमा परीक्षण गर्न सकिने निर्णय यसअघि नै गरीसकेको छ ।  काठमाडौँ उपत्यकाभित्र सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएका छन् । उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार