सुनको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा दुई सय रुपैयाँले सुनको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९२ हजार ३ सय रहेको छ।
आइतबार प्रतितोला ९२ हजार १ सय रहेको थियो । यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको उतार चढावले गर्दा नेपाली बजारमा पनि असर देखिएको छ।
यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँमा कायम छ। आइतबारचाँदी ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस