११ हजार घर परिवार पहिरोको उच्च जोखिममा : प्राधिकरण
सोमबार विहानसम्म ८५ जनाको ज्यान गैसकेको सरकारी तथ्यांक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले देशभर ११ हजार घर परिवार पहिरोको उच्च जोखिममा रहेको तथ्य प्रस्तुत गरेको छ । सोमबार प्रतिनिधिसभा राज्यव्यवस्था समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले १४ जिल्लाका ११ हजार घर परिवार उच्च जोखिममा रहेको बताए ।
तीमध्ये पनि सिन्धुपाल्चोक, गोरखा र रसुवा जिल्ला सबैभन्दा जोखिममा रहेको प्राधिकरणको प्रक्षेपण छ । कार्यकारी निर्देशक पोखरेलले तत्काल ७ सय ४ घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने जानकारी दिए । कतिपय स्थानमा जोखिम हुँदाहुँदै पनि स्थानीयले थातथलो छोड्न नमान्दा समस्या भएको उनको भनाइ थियो ।
प्राधिकरणका अनुसार भारतले निर्माण गरेको तटबन्धका कारण प्रदेश २ का अधिकांश जिल्लामा डुबानको खतरा छ । बैठकमा गृहसचिव महेश्वर न्यौपानेले बाढी र पहिरोमा परेर सोमबार बिहानसम्म ८५ जनाको मृत्यु भइसकेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस