• २०७७ श्रावण २६ सोमबार

कालीकोटमा ३८ जनाले कोरोना जितेर घर फर्किए

कालीकोट जिल्लाका ३८ जनाले कोरोना जितेर घर फर्किएका छन् । दुई पटकको परिक्षणमा कालीकोटका ३८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । क्वारेन्टाइनमा बसेका ४८ मध्ये ३८ जनाले कोरोना जितेर घर गएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले ४८ मध्ये ३८ जनाको दोस्रो र तेस्रो पटकको स्वाब परिक्षण नेगेटिभ आएपछि २१ दिन थप होमक्वारेन्टाईनमा बस्ने सल्लाह दिएर घर पठाएको बताए ।

अघिल्लो समयमा पोजेटिभ देखिएका मध्ये १० जना मात्र घर जान बाँकी थिए । तर आइतबारको परीक्षणमा थप ७ जनामा कोरोना पोजेटिभ देखिएपछि कालीकोटमा संक्रमितको संख्या ५५ पुगेको छ । सबै भन्दा बढी कोरोना संक्रमित जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका भित्रका रहेका छन् । थप पुष्टी भएका सात जनामा ५ जना सान्नीत्रिवेणी गाउँपालिकाका छन् । संक्रमित भएका ५ जना सँगै सान्नीत्रिवेणीका सबै संक्रमित २२ जना पुगेका छन् । नयाँ पुष्टी हुनेमा खाँडाचक्र नगरपालिका र महावै गाउँपालिकाका १/१ जना रहेका छन् । कोरोना अस्पतामा रहेका सबै निको भएर घर पठाईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार