• २०७७ श्रावण २० मंगलबार

निदान अस्पताललाई स्वस्तिश्री गुरुकुलद्वारा पीपीई हस्तान्तरण

काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले ललितपुरको पुलचोकस्थित निदान अस्पताललाई एक सय पाँच थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमितहरु दिन प्रतिदिन बढिरहेका छन् । विद्यमान संक्रमणको कारण पछिल्लो समय स्वास्थ्य क्षेत्र तनावग्रस्त स्थितिको सामना गरिरहेको छ ।  

कोरोना विरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्ने डाक्टर, नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरू खटिएका ठाउँमा निर्धक्कसँग सेवा दिन सकुन् भनी पीपीई उपलब्ध गराइएको  स्वस्तिश्री गुरुकुल स्कुलका समाजसेवी डा। लुःज मानन्धरले बताए । आज आयोजित एक कार्यक्रममा गुरुकुल स्कुलका समाजसेवी डा। लुःज मानन्धरले निदान अस्पतालका बोर्ड निर्देशक अभिशेख श्रेष्ठलाई पीपीई हस्तान्तरण गरेका हुन । मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केही टेवा पुग्ने समाजसेवी डा। लुःज मानन्धरले बताए । उनले यस अघि पनि धेरै सामाजिक कामहरू गर्दै आएका छन् । 

पीपीई बुझ्दै अस्पतालका बोर्ड निर्देशक अभिशेख श्रेष्ठले पीपीई प्रयोगले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई कोरोना संक्रमणको जोखिम कम हुने  बताए  । स्वास्थ्यकर्मीहरू संक्रमण हुने दरले गर्दा चिन्तित हुनु पर्ने अवस्थाको अन्त्य भएको पनि अस्पतालका बोर्ड निर्देशक अभिशेख श्रेष्ठले प्रस्ट पारे ।

कार्यक्रममा निदान अस्पताल प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान, फिनान्स अफिसर सुरज शाक्य , सागर महर्जन, अफिसर सिर्जना बज्राचार्य, काठमाडौँ न्यूरो तथा जनरल अस्पताल व्यवस्थापक उमेश खत्री लगायत निदान अस्पतालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार