• २०७७ श्रावण २० मंगलबार

प्रिमियर लिगको जारी सिजन आज सकिँदै

इंग्लिस प्रिमियर लिगमा आज आइतबार सिजनको अन्तिम दिनको खेल हुँदैछ । अन्तिम सबै १० खेल एकै समय हुनेछ र त्यो नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आजका खेलहरुपछि प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनौट हुने र रेलीगेशनमा पर्ने थप दुई दुईवटा टोलीहरुको टुंगो लाग्नेछ ।

प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगमा छनौट भईसक्दा तेस्रो र चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा छनौट हुने टोलीहरुको टुंगो आज लाग्नेछ ।

तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेड, चौथो स्थानको चेल्सी र पाँचौ स्थानको लेष्टर सिटीमध्ये दुई टोली च्याम्पियन्स लिगमा पुग्दा एउटा टोली युरोपा लिगमा सिमित हुनेछ ।

आज म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी आमने सामने हुँदा चेल्सीको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ । च्याम्पियन्स लिग छनौटसँगै रेलीगेशनबाट बच्ने भिडन्त पनि रोचक छ ।

तालिकाको पुछारमा रहेको नरिच सिटी घटुवामा परिसकेको छ । १९ औं र १८ औं स्थानमा रहेका दुई टोलीहरु पनि रेलीगेशनमा पर्नेछन् ।

रेलीगेशनबाट जोगिन १७ औं स्थानको एस्टन भिल्ला, १८ औं स्थानको वाट्फोर्ड र १९ औं स्थानको बर्नमाउथ संघर्षरत छन् ।

यी तिनै टोलीहरुले आज अवे खेल खेल्नेछन् । अन्तिम दिनका खेलहरुमा बर्नमाउथले एभर्टनसँग खेल्दा वाट्फोर्ड र आर्सनल तथा वेष्ट ह्याम युनाईटेड र एस्टन भिल्ला भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार