• २०७७ श्रावण २० मंगलबार

सन्दीप लामिछाने सीपीएल खेल्न प्रस्थान

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न प्रस्थान गरेका छन् । कोरियन एयरको चार्टड उडानमार्फत उनी सीपीएल खेल्न आज प्रस्थान गरेका हुन् ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उनी पीपीई लगाएर विमानस्थल पुगेका थिए । उनी आज काठमाडौंबाट प्रस्थान गरे पनि ट्रिनिडाड एन्ड टोबेगो हुँदै सन्दीप अगष्ट एक तारिखमा वेष्ट इन्डिज पुग्ने बताइएको छ । खेलअघि सबै खेलाडी अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ ।

सीपीएल १८ अगष्टदेखि शुरु हुँदैछ । यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार