• २०७७ श्रावण २० मंगलबार

निरन्तर बढ्दै सुनको मूल्य, तोलाको ९९ हजार पुग्यो

पछिल्लो केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । बुधबार तोलाको ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज बिहीबार फेरि ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो । 

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने आज स्थिर छ । चाँदीको मूल्य आज प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार