• २०७७ श्रावण २० मंगलबार

सनराइज बैंकभित्रको विवाद सकियो, सिईओलाई निर्वाध काम गर्न दिने 

केही दिनदेखि जारी सनराइज बैंकभित्रको विवाद अन्त्य भएको छ ।  

बिहीबार बसेको संचालक समितिको बैठकले बैंकभित्र जारी विवादले ग्राहक र लगानीकर्तामा गलत सन्देश जाने भन्दै यसलाई तत्काल समाधान गरेर अघि बढ्ने सहमति भएकोे हो । 

बैठकमा  प्रमुख कार्यकारी अधिकृतको रुपमा जनक शर्मा पौडेललाई निर्वाध रुपमा काम गर्न दिदाँ   बैंक अझै बलियो बन्ने निष्कर्षसहित सञ्चालक र व्यवस्थापन पक्ष मिलेर अघि बढ्ने निर्णय भएको स्रोतले बतायो  । अघिल्लो वर्षदेखी सनराईज बैंकको नेतृत्व सम्हालेका पौडेलको कार्यकाल अझै ३ वर्ष बाँकी  छ । 

आजै पौडेलले समितिसमक्ष बैंकलाई अझ उत्कृष्ट ढंगले अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेको सनराईज बैंकका एक सञ्चालक समिति सदस्यले जानकारी दिए ।  उनले भने हामी दुवै पक्षबाट बैंकलाई अझ बलियो बनाएर अगाडि बढाउने विषयमा सहमति बनेको छ । 

केही दिनअघिदेखि संचालकहरुबीचको विवादका कारण  बैंकका सीइओ शर्मा समेत अप्ठ्यारोमा परेका थिए ।  सोही विषयलाई लिएर नेपाल राष्ट्र बैंकले सनराईज बैंकका संचालकहरुलाई बोलाएर छलफल समेत गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार