• २०७७ श्रावण २० मंगलबार

विश्वभर कोरोना भाइरस : संक्रमितको संख्या एक करोड ७४ लाख ५४ हजारबढी

मृत्यु हुनेको संख्या ६ लाख ७५ हजारबढी

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकदिनमा करिब दुई लाख ७८ हजार संक्रमित भएका छन् । योसँगै विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ७४ लाख ५४ हजार १२९ पुगेको छ । यस्तै कोरोनाबाट ६ लाख ७५ हजार ७६४ जनाको मृत्यु भएको छ ।  

संक्रमितमध्ये एक करोड ९ लाख २५ हजार ९२३ जनाले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ५८ लाख ५२ हजार ४४२ रहेको छ । तीमध्ये ६६ हजार ३ सय ८६ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ४६ लाख ३४ हजार ५८१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८४ पुगेको छ । २२ लाख ८३ हजार ८४ जना निको भएर घर फर्केका छन् भने १८ हजार ७८३ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या २६ लाख १३ हजार ७८९ पुगेका छ भने मृत्यु हुनेको संख्या ९१ हजार ३७७ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार