• २०७७ श्रावण २० मंगलबार

अफगानिस्तानमा कार बम विस्फोट, १७ जनाको मृत्यु

अफगानिस्तानमा कार बम विस्फोटमा परेर १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि अन्य २१ जना घाइते भएका छन् ।

लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएको सेनाले जनाएको छ । इद पर्वको अवसरमा सर्वसाधारणहरु पुली आलम बजारमा किनमेलमा व्यस्त रहेको समयमा बम बिस्फोट गराइएको हो ।

बम विस्फोटको कुनै समूहले जिम्मा लिएको छैन । तालिवान विद्रोहीले तीन दिनसम्म इदका लागि युद्धविराम घोषणा गरेकै दिन विस्फोट भएको हो । तालिवानले भने विष्फोटमा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार