• २०७७ श्रावण २० मंगलबार

स्वयम्भूमा बस पल्टियो, चालकको मृत्यु

बिहीबार राति स्वयम्भूमा बस पल्टिँदा एक जनाको मृत्यु । राति पौने १२ बजे बा४ख ५९८४ नम्बरको संयुक्त यातायातको बस पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा ठूलोभर्‍याङ र हलचोक बीचको सडकमा बस पल्टिएको प्रहरीले जनाएको छ । चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टले जानकारी दिए ।

अन्दाजी २३/२४ वर्षको देखिने चालकको पहिचान भने खुल्न सकेको छैन । उनको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार