• २०७७ श्रावण २० मंगलबार

१५ किलो सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने मल्लिक पक्राउ

आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा न्यूरोडको सुन पसलमा काम गर्ने कालिगढ मनिष मल्लिक रहेका छन् । मल्लिक चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने आरोपमा पक्राउ परेका हुन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको  हो । 

यस्तै चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको प्रहरी बताएको छ ।यसअघि शुक्रवार दिउँसो नै प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा सुन बरामद भएको प्रहरी स्रोतले बताएको छ । 

प्रहरीको कोठाबाट एक किलो सुन भेटियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार