• २०७७ श्रावण २० मंगलबार

काठमाण्डौ उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ उपत्यकामा शुक्रबार थप ३८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रलायले यसको पुष्टि गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप ३२ जनामा, भक्तपुरमा १ जनामा र ललितपुरमा ५ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

यस्तै आज देशभर आज २ सय २४ जना संक्रमित थपिएका छन । अब नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या  १९ हजार ७७१ पुगेको छ । यस्तै आज थप चार जनाको कोरोनाबाट मृत्यु भएको  स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छ ।  यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने । यस्तै १४ हजार ३९९ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर  ३ लाख ७५ हजार ४१६ जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा १२ हजार १११ जना क्वारेन्टाइनमा छन् भने ५ हजार ३१६ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार