• २०७७ श्रावण २० मंगलबार

पन्जाबमा विषादी मिसिएको रक्सी पिउँदा ३८ जनाको मृत्यु

भारतको पन्जाबमा विषदी मिसिएको रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ ।

पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा विषादी रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसकेका छन् । उनले रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताएका छन् । यस प्रकरणमा आठ जना पक्राउ परेको प्रहरीले बताएको छ । 

यस्तै भारतकै आन्ध्र प्रदेशको कुरीचेदु शहरमा स्यानिटाइजर पिएपछि १० जनाको ज्यान गएको छ । रक्सी पसल बन्द भएपछि रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार