• २०७७ श्रावण २० मंगलबार

तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपाध्यायलाई काठमाडौँ आउँदै गर्दा शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।

ठेकदारसँग लिएको एक लाख ४० हजार रुपैयाँ नगद र ८ लाख बैंकमा जम्मा गरेको भौचरसहित उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।  त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले पिछा गरी चेकपोष्टमा उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार