• २०७७ मङ्सिर ९ मंगलबार

भारतमा रक्सी नपाएर स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण रक्सी नपाएर स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको छ ।  आन्ध्र प्रदेशको प्रकाशम जिल्लामा रक्सी नपाएपछि २० जनाभन्दा बढीले स्यानिटाइजर पिएको बताइएको छ ।

कोरोना भाइरस महामारीका कारण भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको कुरीचेडु गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले स्यानिटाइजर पिएको भारतीय संचारमाध्यमले बताएका छन् । 

सो गाँउमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ। जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए। उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए।

स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए।'कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएका थिए' उनले रोयटर्स समाचार संस्थालाई बताए।लकडाउनका कारण रक्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार