• २०७७ श्रावण २० मंगलबार

कोरोना संक्रमणबाट नारायणी वयोधा अस्पतालमा ५० वर्षीया महिलाको मृत्यु

वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलाको उपचारका क्रममा नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो ।

बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाब संकलन गरि पठाइएकोमा कोरोना पोजेटिभ देखिएको हो । उनको मृत्युपछि रिपोर्ट आएको हो । निमोनिया उपचारका लागि आएकी ती महिलामा शुक्रबार बिहान स्वासप्रश्‍वासको समस्या देखिएको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।

यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार