• २०७७ असोज ८ बिहीबार

सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख नाघ्यो

सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । मंगलबार प्रतितोला ९९ हजार ८०० मा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला १६ सयले बढेर १ लाख १ हजार ४०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार