• २०७७ असोज १२ सोमबार

लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उनकी जीवन संगीनी कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएका छन् । 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहदा दम्पत्ती कोभिड(१९ बाट संक्रमित भएका हुन् । महतले अगस्त ७, शुक्रबार सामाजिक संजाल (फेसबुक - अनुहार किताव) मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका छन् ।

अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आएका महत आफै संक्रमित भएका छन् । 

कोरोनाको महामारीमा पूर्ण सतर्कता, सावधान, सामाजिक दूरी र सुरक्षाका सवै उपायहरु अपनाउदा अपनाउदै पनि दम्पत्ति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ । सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौ भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने छैन भनि अपिल गरेका छन् ।

उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बच्न नसकेको बताएका छन् । महाबाणिज्यदुत महतले हाल आफ्नै घरको एक एक कोठामा आईसोलेसन (एकान्तवास) बसेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार