• २०७५ चैत ८ शुक्रबार

क्याप्टेन थापा र राष्ट्रपतिका स्वकीय सचिवलाई बाल्टिमोरमा स्वागत 

विजय थापा,डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस चमेना गृहमा क्याप्टेन रामेश्वर थापा तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेष राज अधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ ।

अमेरिकाको भ्रमणमा रहेका उद्यमी ,लेखक तथा क्याप्टेन रामेश्वर थापालाई महा बाणिज्यदूत प्रेम राजा महतको निम्तोमा बाल्टीमोर पुगेका थिए । उनीहरुलाई बाल्टिमोरमा बस्ने नेपालीहरुले स्वागत तथा सम्मान गरेका हुन् । उक्त अनौपचारिक भेटघाट कार्यक्रम तथा अमेरिकामा कामको दिन परेको भएता पनि उपस्थित भएका नेपाली समुदायलाई थापाले धन्यबाद दिए। केही घन्टाको बसाईमा थापाले केही देशका समसामयिक कुराहरु सुनाए। संचार माध्यम र पत्रकारको भूमिका र वर्तमान समयमा सकारात्मक संदेश आम जनतामा जानु पर्ने कुराको चर्चा गरे । उनले भने, नकारात्मक समाचारले केही समय टिक्न सक्ला तर अन्तत्वगत्वा सकारात्मक संदेश भएमा यसले दिर्घकालिन रुपमा काम गर्छ ।

आफ्ना भनाईहरु राख्ने क्रममा वर्तमान प्रधानमन्त्रीले नेपाल बनाउने जुन सपना देख्नु भएको छ । र वहाले अघि सार्नु भएको दर्शन र दूर दृष्टि निकै राम्रो लागेको छ । उनले भने ।  आगामी मार्च ११ मा राष्ट्रपति विद्या भण्डारी आउने बताउँदै  संयुक्त राष्ट्र संघमा ठुलो अवसर हुने बताए ।

सम्बोधन समेत् हुने हुनाले सकारात्मक संदेश जानु पर्ने उनले बताए । उनले राज्यले प्रदान गरेको सुबिधा राष्ट्रपतिलाई दिदा नकारात्मक समाचार आउने पनि बताए । कार्यक्रममा सहभागीहरुले थापासंग केही जिज्ञाशा पनि राखेका थिए ।उक्त भेटघाट कार्यक्रम नेपाल हाउसका संचालक प्रेम राजा महतले नेपालका प्रसिद्ध व्यक्तित्व तथा राष्ट्रपति कार्यालयका बिशेष व्यक्तित्वद्वयलाई स्वागत गर्न पाउँदा हर्ष लागेको बताउदै धन्यबाद ज्ञापन गरे ।
कार्यक्रममा प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य ,अभियन्ता कृष्ण ढकाल लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार