• २०७७ असोज १४ बुधबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय १० जना समातिए

काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान ९ बजेसम्म ५ सय १० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुमध्ये ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् ।प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दै चलाइएका  दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँउपत्यकामा  आजदेखि निषेधाज्ञा जारी गरिएको छ  । 

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् । 

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार