• २०७७ असोज १२ सोमबार

काठमाडौँमा ट्रकले ठक्कर दिँदा ४४ वर्षीय कार्कीको मृत्यु

काठमाडौंको जडीबुटीमा मालवाहक ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।  काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले जडीबुटीको आकासे पुल नजिकै पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करको कारण सिन्धुपाल्चोक इन्द्रावती गाँउपाालिका – ३ घर भएका ४४ वर्षीय धनबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र चालक सर्लाही हरिपुरका रेख बहादुर पोखरेललाई नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार