• २०७७ असोज १४ बुधबार

सबैले मास्क अनिवार्य लगाउने हो भने लकडाउन गर्नै पर्दैन  ः डा. समीरमणि दीक्षित

कोरोनाका कारण अरू रोगीले उपचार नपाउने अवस्था आउनु दुर्भाग्यपूर्ण 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको प्रकोप नेपालमा पनि बढेको छ । विश्वका धेरै देशमा महामारीको रुप लिएपछि नेपाल प्रवेश गरेको यो  भाइरसका सङ्क्रमित नेपालमा आइतबारसम्म ३२ हजार पुगेको छ । नेपालमा पहिलो सङ्क्रमित भेटिएको भोलिपल्टै देखी पूर्ण लकडाउन घोषणा गरेको सरकारले बिचमा कहिदिन खुकुलो गरे पनि स्थानीय प्रशासनले पुनः उपत्यकाका ३ जिल्लासहित धेरै जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।  सङ्क्रमितको सङ्ख्या दैनिक हजार बढी थपिने र मृत्यु ह’नेको सङ्ख्या पनि बढेर जाँदा अहिले सरकार समेत निषेधाज्ञा कहिलेसम्म जारी राख्ने अन्योलमा छ । सरकारलाई विज्ञका रूपमा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सुझाव दिँदै आएको जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितसँग टिभी अन्नपूर्णले गरेको कुराकानी :

बिश्व अहिले कोभिड १९ को सन्त्रासमा छ । यसका बारेमा यहाँहरुको अनुशन्धानले असाध्यै ठुलो महत्व राख्छ । नेपालको अहिलेको अबस्था कोरोनाले भयाबह हुने संकेत हो ?

म भयाबह भन्ने शब्दमा बिश्वास गर्दिन । ८ महिना अगाडि जब चाइनामा देखियो त्यो बेला पनि मैले भयाबह भनेको थिईंन । त्यसपछि अब नेपालमा जनवरीमा देखियो त्यो बेलामा पनि भयाबह हुन्छ भन्ने मान्छेहरु थिए, मैले मानिंन । जसैगरी ३÷४ महिना जब अगाडी तराईका जिल्लाहरुबाट काठमाण्डौं छिर्ने क्रम बढ्यो र त्यो भन्दा अगाडि भारतबाट तराईमा संक्रमितहरु छिर्ने क्रम बढ्यो । त्योबेला पनि भयाबह हुन्छ भन्ने थियो त्यो बेलापनि भयाबह हुन्छ भन्ने थियो मैले मानिन । र आजको दिनमा पनि मान्छेहरुले संक्रमण धेरै बढिराछ भयाबह हुन्छ भनेका छन्, म मान्दिंन । 

तपाईले यो भनिरहँदा दैनिक हजारौं बढि संक्रमित बढिरहेका छन् । मृतकको संख्या पनि बढिरहेको छ । यसको कारण के हुन सक्छ ? यसले के संकेत गर्छ ?
हेर्नुस, बर्खामा खोलाको सतह बढ्ला, तर बाढी नै आउँछ भन्न सक्दैनौं नि हैन । संक्रमण बढ्छ , संक्रमणलाई महामारी भन्न चाहिँ पाइन्न कि भन्ने मेरो धारणा हो । किनभने संक्रमण एक दुई दिन बढ्दै जान्छ । र खास भन्ने हो भने एक देखी बाह्र सम्म नेपालमा एकजनाले बाह्रजना सम्मलाई सार्ने गरेको पाइएको छ, आधिकारीक तथ्यांक नेपालको । जब हामी महामारीको कुरा गरिराखेका छौ । संक्रमण अबश्य बढ्छ, बढि पनि राखेको छ । देखिरहेका छौं र मृत्यु पनि भैराखेको छ । १ सय १४ ÷१५ चानचुन मा पुग्यो यो दुखद घटना हो, तर भयो । तर हामीले देशकोे जनसंख्याको अनुपातमा र अन्य रोगहरुको संक्रमण एवं मृत्युदरसंग तुलना गरेर कहिल्यै हेरेकै छैनौं । त्यसैले मैले भनेको बढ्ने दर जुन छ कोरोनाको , त्यो त्यस्तो नियन्त्रण भन्दा बाहिर गएको छ त ? भनेर विचार गर्नुपर्छ, महामारी भनिहाल्नु भन्दा पहिला ।  
 

अहिले आम मानिस हतास मानसिकतामा छन् । जुन रुपमा संक्रमण बढिरहेको छ , सरकारको तयारी र बढ्दो संक्रमणको दर हेर्दा त्रसित हुनु पर्ने अबस्था हो कि होइन अहिले  ?
हो, आम नागरिक त्रसित छ । मैले सामाजिक संजालदेखि लिएर चिनजानका नातेदारहरु,साथिभाईसँग र तपाईसँग कुरा गर्दा पनि यो देख्दैछु । यतिसम्म कि पढेलेखेका विद्वत्त वर्ग पनि आत्तिएको देखिरहेको छु,  यो पछिल्लो समयमा । र त्यसको कारण पनि छ । किनकि उहाँहरुले केवल प्रतिनिधित्व अंक बढेको देखिरहनु भएको छ । हिजो तेह्र, आज चौध र भोलि पन्ध्र । अस्ति सय, अहिले हजार अनि कहिले १० हजार अंक हेर्नुहुन्छ । साथसाथै राज्यले पनि सहज किसिमले नागरिकहरुलाई बुझाउनुपर्ने हो अबस्था के हो त बिश्लेषण गर्नुपर्ने हो, त्यो गरेको पाइएको छैन । त्यसले गर्दा पनि आम नागरिक एकदम आत्तिएको अबस्था चाहिँ जरुर हुन्छ । 

अहिले हामीकहाँ १० हजारको हाराहारीमा सक्रिय संक्रमित छन् । सरकारले सामान्य लक्षण भएका वा लक्षण नदेखिएकालाई  अस्पतालमा नराख्ने नीति लिएको छ । गम्भीर विरामीलाई मात्र अस्पताल भर्ना लिने सरकारको पछिल्लो निर्णयले पनि आम मानिस त्रसित भएको जस्तो देखिन्छ ।  के  बिरामीहरु घरमै बस्दा भmन् खतरा हुने हो ? 
हेर्नुस ,यो बिषय महत्वपूर्ण छ । तपाई सोच्नुस, हाम्रो देशमा कोभिडका मात्रै बिरामी छन् र ? यो देश जहाँ क्षयरोग बाट प्रत्येक दिन दुई देखि तिन जनाको मृत्यु आजकै दिनमा पनि भैरहेको छ । कोभिड अगाडी पनि हुन्थ्यो र अहिले पनि भैरहेको छ ,भोली पनि हुन्छ । झाडापखालाबाट सन २००९ मा झण्डै– झण्डै ५ सय जनाको मृत्यु भएको थियो । तिन महिनामा आजको दिनमा पनि प्रत्येक महिना झाडापखालाबाट मान्छेको मृत्यु भैराखेको छ । अन्य रोग पनि छन् । जसले हाम्रो नेपाली नागरिकलाई चपेटामा पु¥याईरहेको छ । हामी अकस्मात कोभिड भनेर उफ्रिराखेका छौं । अस्पतालको बेड संक्रमण भएका लक्षण नभएकालाई त अबस्य बनेको होइन । लक्षण नभएका कोरोनाका संक्रमितलाई म चाहिं कोभिड भन्दिन । साधारणतया घाँटी ख्यासख्यास लक्षण भएकालाई अस्पतालका बेड भर्न थाल्नुभयो भने क्षयरोगका बिरामीलाई कहाँ राख्ने ? झाडाखालाका बिरामी, हैजाका बिरामी क्यान्सर पिडीत बिरामी ,किड्नीका बिरामी, कहाँराख्ने ? अनि कोभिड कोभिड भन्दै उफ्रिएर साधारण कोरोना संक्रमितलाई पनि अस्पताल भर्ना गर्न थालेर मान्छेलाई अत्ताउने काम भैराखेको छ । र मान्छे आत्तिएको कारण त्यो हो । तपाईले शिर्षक सुन्नुहुन्छ पत्रपत्रिकामा,अनलाइनमा ,युट्युबमा अस्पताल भरिन थाले । म प्रश्न गर्छु के ले भरिन थाले ? मलाई संक्रमण भएपनि लक्षण नै नहुन सक्छ । अब म अस्पतालको बेड ओगटेर बस्नु ? राज्यले त मापदण्डमा लेखिसकेको छ ,संक्रमण भएका मान्छेहरुमा लक्षण छैन भने घर जाने भन्या छ । तपाई बिचार गर्नुस न, एउटा अस्पतालमा २० वटा बेड छन्, गाउँघरमा स्वास्थ्यचौकी भन्नुस स्वाथ्यकेन्द्र भन्नुस । त्यो २० वटा बेडमा क्षयरोगका बिरामी अथवा अन्य कडा रोगका बिरामी कहाँ राख्ने कि संक्रमण लागेका तथा लक्षण नदेखिएका कोरोनाका बिरामीका बिरामीलाई राख्ने ? उहाँहरुलाई चाहिँ घर फर्काइदिएर यो बेड त खाली गर्नुप¥यो । जसले गर्दा अन्य कडा रोग भएकालाई बचाउन पट्टि लाग्नु प¥यो । त्यो बेड उहाँहरुको लागि राख्नुप¥यो । आजको दिनमा दैनिक दुई तीन हजार संक्रमित देख्नुभएको छ । ती मध्ये सबै संक्रमितलाई लक्षण देखिएको छ ? त्यो दुई तीन हजार भन्दा करिब १० गुणा बढि छन् होला, जसको परिक्षण नै भएको छैन । उहाँहरुले सार्नु भएको छैन होला ? त्यसरी चाहिँ गर्न हुने अब हामी थाहा पाएका ब्यक्तिहरु तपाईहरु पनि घरमा साबधानीका साथ बस्नुस्, म भन्छु तपाईहरुलाई पनि संक्रमण भएको छ ,थाहा छ । तपाईहरु १४ दिन सम्म घरमै बस्नुस बाहिर ननिस्कनुस किनभने तपाईले परिवारलाई पनि सार्न सक्नुहुन्छ भन्दा के बिग्रियो ? 
तर डा.साब नेपालीको चेतनाको स्तर छ नि जुन हामीले त्यो भनिरहँदाखेरी त्यसको पालना नगर्दा संक्रमण बढिरहेको हो भन्ने छ नी त ?
जरुर, दोष त हामीलाई छ । 

अब यो अबस्थामा के चाहिँ गर्न सकिन्छ ? 
कडिकडाऊ । अहिले राज्यले निर्देशिका जारी गरेर सिडिओहरुलाई जसरी निषेधाज्ञा र कफ्र्युको अधिकार दिएको छ , त्यसैगरी उहाँहरुले वा स्थानिय निकायले मास्क, सामाजिक दूरी पालनामा पनि कडाई गर्न सक्दैन र ? इच्छाशक्ति हो । म एउटा नागरिक । म भिडभाडमा जान्न, म दुईजना भन्दा बढि मान्छेसँग भेटघाट गर्दिन गएँ भने म मास्क लगाउँछु , अफिसमा सबैजनालाई मास्क लगाउन अनिवार्य गरेको छु भनेपछि अरुले नगर्ने ? जिम्मेवारी त हाम्रो होनी । मैले त्यो गर्दै नगरे ममाथि राज्यले कारबाही गर्न किन नसक्ने ? त्यो गरेको भए आज २० हजार २५ हजार सं्रक्रमित होइन २ हजारमा सिमित हुन्थ्यो होला । हो राज्यले गर्ने कुरा यो हो, मैले जिम्मेवार हुनु आफ्नो ठाउँमा छ । तर राज्यको जिम्मेवारी  चाहिँ मुख्य छ ।  
राज्यले त आफ्ना हिसाबले मास्क लगाउ, स्यानिटाइजर प्रयोग गर, सामाजिक दुरी कायम गर भनिरहेकै छ ,लकडाउन नै त्यत्रो समय गरीयो, घरमै बस लाग्दैन पनि भन्यो । त्यो भन्दा भन्दै पनि संक्रमण त बढेको बढ्यै छ । यो किन भैरहेको छ त ? 
राज्यले तपाईहरु घर भित्रै बसिदिनुस्, अब अर्को दुई हप्तालाई घरबाट बाहिर ननिस्किनुस हाम्रो अनुरोध मात्र भन्यो भने मान्छेहरु बस्लान् त ? कडिकडाउ त गर्नेै पर्ने रहेछ नि । 

त्यसो भए लट्ठिनै लगाउनुपर्ने हो त डा. सा‘ब ?
लट्ठिनै लगाउनुपर्ने त म भन्दिन तर कारबाही त गर्न सक्छौं, जरिवाना देखि जेलसजायसम्म अहिले घोषणा गरेको छ । कडा भन्दा कडा कारबाही घोषणा गरेको छ । मैले सामाजिक सञ्जालमा भयङ्कर हल्ला गरेर भिडियो पनि बनाए । दुईहात जोडेर मास्क लगाईदिनुहोस् भनें । मैले पाटनको उदाहरण पनि दिए । पाटनको एउटा क्याफेमा मान्छे गरे ७० जना गने । ती मध्येमा ७० प्रतिशत जतिको मुखमा मास्क नै छैन । आज भन्दा तिन हप्ता अगाडीको कुरा हो । त्यो देखेर मैले आत्तिएर भनें कि त्यो गरेन भने संक्रमण भएर मर्न सक्छ,होस गर्नु भनेको मैले हो । कसैले मानेको देखिएन नि त । भनेपछि राम्रो स्वरले राम्रोसँग अनुरोध गरेपछि  र नमानेपछि कारबाही त गर्नैपर्ने रहेछ । कडा रुपमा प्रस्तुत हुनुपर्ने रहेछ । त गल्ति राज्यको कहाँ छ भन्दा कडा रुपमा प्रस्तुत हुने भनेको मास्क लगाउन प्रस्तुत हुने हो । देश बन्द गर्नलाई शहर बन्द गर्नलाई होइन । 

यदि हामीले मास्क स्यानिटाइजर नियमित प्रयोग ग¥यौं र सामाजिक दुरी कायम ग-यौं भने लकडाउन वा अरु निषेधाज्ञा आबश्यक पर्दैन त ?
लकडाउन आबश्यक छँदै छैन । तर प्रत्येक नागरिकले मास्क अनिवार्य प्रयोग घरबाहिर निस्किनासाथ मास्क अनिवार्य एउटा ।  हातमा कि स्यानिटाइज , कि सफा राख्ने तेस्रो दुरी कायम राख्ने । दोस्रो र तेस्रोमा मनमा शंका हुनसक्छ । सबैको हातमा स्यानिटाइजर नहुन सक्छ । तेस्रो सबैको पहुँचमा साबुनपानी नहुन सक्छ । सँधै दुरी कायम गर्न सकिंदैन । सार्बजनिक सवारीमा कहिले न कहिले भन्दा भन्दै पनि दुरी कायम गर्न सकिंदैन । कहिले कहिले पसलमा जाँदा पनि दुरी कायम गर्न गाह्रो होला तर गर्नैपर्छ । तर एउटा कुरा त हामी सधैं गर्न सक्छौं, त्यो हो मास्क । मास्क लगायो भने के हुन्छ थाहा छ ? तपाईको हात जत्तिनै फोहोरी भएपनि, तपाईको जत्तिनै मान्छे नजिकै आएपनि मास्क लगायो भने असर हुँदैन नी । मुख्य कुरा नाकमुखमा थुकको छिटा पर्न नदिनु हो । मेरो मुखबाट थुक अरु कसैलाई नपरोस भन्ने हो  । त्यति मात्र गरौं लकडाउन चाहिँदै चाहिँदैन । 

तपाई जस्तो बिद्वान बैज्ञानिकहरुकै सुझावमा सरकारले लकडाउन हटाँउदा संक्रमण ह्वात्तै बढ्यो भन्नेहरु पनि छन् नि । यसमा तपाईं के भन्नुहुन्छ ?  
हैन यस्ता आरोपहरु आउँछन् क्या । एउटा कुरा के हुँदोरछ भने कि बोल्नै भएन कि बोलेपछि बोलेको कुराको जिम्मेवारी लिनुपर्छ । म प्रधानमन्त्रीज्युको मिटिङमा दुईपटक गैसके र दुई पटक नै एउटै कुरा भनेको छु  । पहिले पहिले मैले परिक्षणमा जोड दिएँ । परिक्षण त अब एककिसिमले बढ्यो । पर्याप्त नभएपनि पहिले भन्दा करिब १० प्रतिशतले बढ्यो, हाम्रोजस्तो देशमा त्यति हुनुलाई पनि राम्रै मानौं । दोस्रो मिटिङमा मैले के भनें भने स्मार्ट लकडाउन भनेको हामीले लकडाउन जरुरी नै छैन भनेको होइन । जनताले के गर्छन् भनेर अनुमान नै गर्न नसकिने अवस्थामा लकडाउन आवश्यक नै छैन भन्न नसकेर नै मैले स्मार्ट लकडाउनको कुरा गरेको हुँ । त्यो भनेको केहो भने जहाँ धरै संक्रमण देखिन्छ त्यहाँ कडिकडाउ गरेर त्यहाँ पसलहरु बन्द गर्ने के गर्ने गरौं, तर त्यो भन्दा परको वडालाई बन्द गर्नु पर्दैन । सय वटा वडा छन् भने जहाँ देखिन्छ त्यहाँ गरौं अर्को वडामा होइन, यसलाई भन्छ स्मार्ट लकडाउन । शायद राज्यले पनि लागू गरेको थियो । अब राज्यलाई पनि कति दोष दिउँ, हाम्रो सुझावलाई पनि लिएको रहेछ त । तर नागरिकले मलाई मान्दैनन् । मास्कलाई अनिवार्य गरौं कडिकडाईका साथ मास्क अनिवार्य गरौं अनि स्मार्ट लकडाउन गरौं भनेर मैले दुईवटा कुरा भनेको थिए । अब बिडम्बना मैले भनेको कुरा राज्यले मान्यो तर नागरिकले मान्नु भएन । अब नागरिकलाई भनेको नमानेपछि राज्यले कठोर हुकुम चलायो । 

यतिबेला आम दर्शकले तपाईलाई हेर्दे हुनुहुन्छ । ठ्याक्कै कोरोबाट बच्नको लागि के गर्नुहुन्छ, के गर्नुहुँदैन ? 
सजिलो छ, अरु केही गर्नै पर्दैन, मास्क अनिवार्य प्रयोग गर्नुस् । राम्रो, सफा, सुख्खा मास्क लगाउनुस्, हिड्नुस । भिडभाड नगर्नुस् । हात सफा राख्नुस् । अरु तपाईंले केहि गर्न सक्नुभएन भने पनि मास्क लगाएर बाहिर र समाजमा गएर नखोल्नुस्, त्यति गरे पुग्छ । र अझ दुरी कायम गर्नुहुन्छ भने त अझ गजब । अब मास्क लगाउनै गाह्रो हुन्छ भने अरु तपार्इंले जे गरेपनि कहिँ न कहिँ संक्रमण सर्न सक्ने सम्भावना हुन्छ । कम दुरीमा हुनुहुन्छ भने मास्क त अत्यन्तै अनिवार्य । घर बस्दा मास्कको प्रयोग नगर्दा पनि हुन्छ तर बाहिर हिंडेपछि मास्क अनिवार्य हो । 

आम मान्छेले यो कुरालाई किन ख्यालख्याल नै लिएका छन् जस्तो लाग्छ ? कि हामीले अनावश्यक भयभीत पार्ने काम गरीरहेका छौं  ?
यो कुरा नबुझेर । मान्छेहरुले १५ वटा कुरा सोचेर बसेका छन् । मिडियाको पनि दोष छ, तपाईको पनि दोष छ । मेरै दोष छ । सामाजिक संजालमा ओहो यतिको मृत्यु भयो, उतिको मृत्यु भयो इटालिमा, अमेरिकामा यतिको मृत्यु भयो । त्यस्तो बिकसित देशमा त यतिको मृत्यु हँदोरहेछ नेपालमा ओहो भयाबह हुन्छ भनेर दौडिरहेका छौं । भयभीत गर्ने काम भएको छ । १० दिन अगाडि मेरै अफिसको एकजनामा संक्रमण देखियो । उहाँलाई पोजेटिभ देखिएपछि हामी सबैले पीसीआर परिक्षण गरायौं । उहाँलाई पोजेटिभ देखिएको ७ ÷८ दिन भैसक्यो भनेपछि उहाँ हामीसँग ७ देखि ८ दिन सँगै रहेछौं संक्रमित अबस्थामा । भयो के भने हाम्रो अफिसमा मास्क सबैलाई अनिवार्य छ । सबैले मास्क प्रयोग गरेका थियौं, सतह सधंै सफा हुन्छ,दुरी कायमै थियो । जब हामीले कोरोना परिक्षण गर्दा अरु कसैको पनि पोजेटिभ आएन । अब देशको स्थिति हेरौं । देशमा भयाबह भनिरहेका छन् नि– मास्क लाउने हो भने यस्तो उदाहरण हुँदोरहेछ । कसैले दुई पटक सम्म परिक्षण गराएको पाइयो,नेगेटिभ छ । त्यसैले मास्क रहेछ बरु दुरी कायम गरेका रहेनछांै । तर नजिक बस्दा मास्क लगाएका रहेछौं । मास्कले गर्दा फोहोर हातले नाक मुखमा समेत छुन नपाईने र थुकका छिटा पनि नपर्ने रहेछ नी । र संक्रमितको मुखको छिटा उसकै मुखमा त रहन्छ  । म त्यो उदाहरुण उहाँहरुलाई दिन चाहन्छु । समयमै संयमित भएर काम गरौं, मास्क लगाउँ । अरु कसैले पनि अत्याउने काम नगरांै । 

नेपालमा अहिलेको अबस्थामा कोरोनाको यो स्टेजलाई तपाई के भनेर परिभाषित गर्नुहुन्छ ?
समुदायमा कोरोना छ, छैन भन्ने बहसबाट म टाढा भैसकें । अब त्यसरी सोच्ने बेला छैन, हातको पाँचवटा औलाजस्तो समाजकै एउटा क्षेत्र संक्रमित र एउटा उपचार परिक्षणमा संलग्न छ । 

यहाँहरुले केहि समय अगाडि काठमाण्डौ उपत्यका भित्रका विभिन्न स्थानमा ढलको नमूना परिक्षण गर्नु भएको थियो । त्यसले के पत्ता लाग्यो ? 
त्यसको दोस्रो तेस्रो चरणमा हामी राज्यसँग कुरा गरिराखेका छौं । नेपाल स्वास्थ्य अनुशन्धान परिषद्सँग पनि कुरा भैराखेको छ । हाम्रो देशमा रहेको प्रबिधि जुन छ त्यसले समात्न सक्छ की सक्दैन भनेर हेर्न खोजेका थियौं । समात्न सक्दो रहेछ भन्ने हामीले पुष्टि ग¥यौं । सानो नतिजा लिएर हामी स्वास्थ्य अनुसन्धान परिषद् पुगेर पुष्टि ग¥यौं । स्वास्थ्य सचिवले पनि चासो राख्नुभयो । त्यसले के देखायो भने यदि ढलमा संक्रमण रहेछ भने त्यो समाजमा पनि ब्यापक छ । त्यो समाजमा फैलिएर होकी त्यो समाजमा पहिले देखिनै मानिस बसोबास  गरेका हुन्, थाहा छैन । तर त्यो समाजमा छ । अब त्यसलाई प्रत्येक हप्ता त्यस्तै परिक्षण गर्दे जाने हो भने समय त बढ्नेक्रममा छ वा घट्नेक्रममा छ । एउटा ढलबाट थाहा हुन्छ । प्रत्येकको परिक्षण पनि गर्नुपर्दैन । 

एउटा विज्ञको रुपमा स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई के सल्लाह दिनुहुन्छ ?
स्वास्थ्यकर्मीलाई त बचाउनै पर्ने हुन्छ । जहाँ ठुलो मृत्युदर नै बढ्छ भनेर होइन । तर उहाँहरु संक्रमित भैसकेपछि १० ÷१५ दिन आइशोलेशनमा बस्नैपर्ने हुन्छ । अब धेरैभन्दा धेरै आइशोलेशनमा बसेपछि स्वास्थ्य सेवा कसले दिन्छ ? त्यतिका लागि पनि हामीले स्वास्थ्यसेवा जो जसले दिनुहुन्छ उहाँहरुलाई बचाउन जरुरी हुन्छ । त्यसका लागी राज्यले अरलाई भन्दा बढि प्राथमिकता दिनुपर्छ । त्यो भनेको सहज बातावरण बनाइदिने , उहाँहरुलाई बिनासित्ती तनाव नदिने ,दबाब नदिने , उहाँहरुलाई काम गर्ने माहोल बनाईदिने , र मुख्यकुरा उहाँहरुले खोज्नुभएको पिपिए , पिपिए भन्नसाथ परै शरिर ढाक्ने होइन की एउटा राम्रो मास्क पनि राम्रो पिपिए हो । त्यो पिपिए भनेको लुगा पनि हुनसक्छ मास्क , चश्मा, टोपी जे पनि हुनसक्छ , जे जे माग्नुहुन्छ उहाँहरुलाई दिने । र अस्पतालहरु लाई चाहिँ एकदम बिचार पु¥याउनुपर्छ । फिबर कक्ष भनेर छुट्टै बनाउने या कोरोनाका सबै बिरामीलाई अस्पताल भित्र गाभ्ने भन्ने बहस चलिराखेको छ । म चिकित्सक हैन, तर मेरो सुझाव के छ भने कोरोनालाई नजिकबाट हेरेको हुनाले सबै अस्पताललाई कोरोना अस्पताल बनाउन मिल्दैन । यदि बनाउने हो भने छुट्टै घर छुट्टै संरचनामा चाहिँ बनाउन सकिन्छ । एउटै अस्पतालमा एउटै द्वारबाट हुँदैन, यसो गर्दा छिटो सर्छ । यो रोगबाट मृत्यु त हुँदै हुँदैन भएपनि एकदम कम हुने हो । तर आइशोलेशनले बचाउन सक्छ की सक्दैन र यसले दिर्घरोगीहरुरुलाई कडा संक्रमण बनाउन सक्छ । त्यसो हुनाले साधारण अस्पतालमा कोभिड चाहिँ छिराउनु हुँदैन । त्यसलाई छुट्टै संरचना चाहिँ बनाउनै पर्छ । 

कतिपय अवस्थामा सामान्य खालका बिरामीहरु जसलाई सामान्य लक्षण देखिएको छ, सामान्य बिरामी छन् । आम जनमानसमा त्रास छ कि उपचार हुन नपाएका कारण मृत्युवरण गर्नुपरेको भन्ने छ, यसलाई कसरी  बुझाउने ? 

के बुझ्न जरुरी छ भने जसले अहिले मलाई जो चिकित्सकले हेरिरहनुभएको छ । उहाँले मलाई सहमति जनाउनुहुन्छ होला । यसले अरु रोग भएकालाई र रोगसँग लड्ने शक्ति कम भएकालाई एकदम नराम्रो सँग हिर्काउँछ । भेन्टिलेटरमा भएका बिरामीको बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ । आइसियुमा राख्ने अधिकांशको प्रतिरोधात्मक शक्ति कम भएको हुनुहून्छ , केहि उमेर हदबन्दिमा उमेर धेरै भएको हुनुहुन्छ अथवा उमेर हद बन्दिमा नराख्ने हो भने अन्य दिर्घरोग भएका हुन्छन् ।  दीर्घरोगी ,क्षयरोग, एचआइभी लागेकाहरु ,गर्भवती महिलाहरु, मृगौलाका बिरामीहरुलाई छुटाउन सकियो भने मात्र यो किसिमले हामी अघि बढ्न सक्छौं । अस्पतालले एउटै ठाउँमा राख्ने कुरा गरिराखेको छ । त्यो चाहिँ मिल्दैन । चिकित्सकहरुले पनि बिषेश ध्यान दिन जरुरी छ । 

बिकासोन्मुख देशहरुमा कोरोनाको खोपको बिकास भैरहेको विभिन्न संचारमाध्यमा सुनिरहेका छौं । त्यो बिकास भएका खोपहरु नेपाल लगायतका अल्पबिकासित देशमा आउन कति लामो समय कुर्नुपर्दछ ? सफल भयो र डब्युएचओले प्रमाणित भयो भन्यो भने  ?
पहिलोकुरा के हो भने जुन खोपहरु अहिले हामी पाइपलाईनमा छन् भन्छौं,संसारभरी छन्, नभएका होइनन् । एउटा हातमा गन्न सकिने मात्र अहिले छन् । त्यसमध्ये कुनै कुनै परिक्षणकालमा छन् । ३ ÷४ वटा खोप पुगेका छन् । कुरा आयो रसिया र चाइनाको । रसियाले त सुरु नै गरिसक्यो । तर यो ब्यवशायिक उत्पादन चाहिं होइन । चाइना पनि एकदम नजिक छ, भनिरहेको छ । अब म यसको चाहिँ म आलोचना पनि गर्न चाहन्न । किनकी हामीलाई पनि खोप चाहिएको छ । अहिले त के छ भने अलि अलि पनि काम गर्छ भने पनि त्यो पनि ठिकै छ भन्ने पक्षमा म छु । त्यसले सयमा पाँच जनालाई मात्रै बचाउन सक्यो भने पनि ठीकै छ ।  तर त्यो खोपले काम गर्न सक्छ कि सक्दैन भन्ने होे । कति कुरा राजनितिका कारण पनि हुन्छन, रसियाले बनाएको राजनितिक पहल होकी जनस्वास्थ्यको पहल हो त्यो आउँदा दिनहरुमा बुझिन्छ । अहिले बिश्व स्वाथ्य संगठनले स्विकृती दिएको छैन । युरोपका विभिन्न देशहरुले स्विकृती दिएको छैन ,त्यो कत्तिको फलदायी हुन्छ हामीलाई थाहा छैन । तर हामी आशा गर्छौं राम्रो होस् ।  त्यहि पनि नेपाल जस्तो देशले पनि सायद पाउला । तर खोप प्रमाणित नै भएर बजारमा आएपनि एक बर्ष भन्दा चाँडो होला जस्तो लागेन । अब संसारले खोजेको कुरा नेपाल जस्तो देशले त्यति छिटो पाउँला भन्ने आश गर्नु भनेको मेरो बिचारमा बुद्धिमानी होइन । राम्रा सम्भावनाहरु देखिन थालेका छन् । दुई तीनवटा कुरा हेरौं पहिला रसियामा के हुन्छ ?  रसियाले ब्राजिललगायतका देशमा  बेच्न लागेको छ,त्यहाँ के हुन्छ हेरौं । त्यहाँ मृत्यदर घट्यो भने हामी बिश्वस्त हुनसक्छौं । अनि हामीहरु खुशी हुन थालौं । त्यहाँ राम्रो नतिजा आएपछि हामी यहाँ पहल गरौंला । त्यो नआएसम्म कृपया मास्क मात्रै प्रयोग गरौं । अहिलेको खोप भनेको मास्क नै हो । रोग नै नलागोस खोपले पनि रोग नलाग्नु हो मास्कले पनि त्यहि हो । हामी मास्क लगाईदिउँन । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार