• २०७७ असोज १४ बुधबार

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पति कोरोनाबाट मुक्त

 मेरिल्यान्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

गत अगस्त ७ गते महतले आफू र आफ्नी जीवन सँगिनी कोरोनाबाट अछुतो हुन् नसकेको भनी सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए ।  महावाणिज्यदूत महतले आफ्नै कोठामा एकान्तवास छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको समेत जानकारी गराएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत नै दिएका छन् । सकारात्मक सोच, आत्मविश्वास र दृढ अभिवृत्तिलाई सदैव आत्मसाथ गर्ने महतले सजिलै कोरोनालाई जितेका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'विश्वभरि रहेका हजारौँ हजार इष्टमित्रहरूको आशीर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने बिश्वमहामारीको मूल जड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार