• २०७७ असोज १४ बुधबार

प्रताप दासको ‘अञ्जानैमा...’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक प्रताप दासको स्वर रहेको गीत  ‘अञ्जानैमा...’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

सरोज पोखरेलद्वारा संगीतबद्ध गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो । सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।
 
यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् ।

उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् । भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ । नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् ।

सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार